दफा २८
विभागको काम कारवाही गोप्य रहने
(१) यस ऐन अन्तर्गतको कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा विभागले संकलन गरेको सूचना, प्रमाण, कागजात तथा सम्पूर्ण काम कारवाही गोप्य रहनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मुद्दा मामिला वा अन्य कानूनी कारवाहीको सिलसिलामा अदालत वा कानूनद्वारा अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो अनुसन्धान तथा तहकिकात गर्दा विभागले संकलन गरेको सूचना, प्रमाण, कागजात तथा सम्पूर्ण काम कारवाहीहरुको निरीक्षण गर्न यस दफाले बाधा पुर्याएको मानिने छैन ।